• रोल्पाको जलजलामा यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहिबाट रोल्पाको थवाङ जादैगरेको ना ३ ख ५५१८ नम्बरको यात्रुबाहक बस रोल्पाको माडी गाउपालीका २ जलजलाभन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा ३ पुरुष र एक महिलाको ज्यान गएको पनी प्रहरीले बताएको हो । दुर्घटना साझपख भएको बुझिएको छ । दुर्घटनामा अन्य १७ घाईतेभएकाछन् ।

    घाइते १७ जना मध्य ३ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल रेउघा ल्याउदै गरेको र अन्य घाइतेको अवस्था सामान्य रहेकाले स्थानीय स्वास्थ्य सस्थामा उपचार भैरहेको प्रहरीले बताएको छ।

4565