-
काठमाण्डौको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । स्थानीयले घर बनाउन चाहिने पानीको ब्यबस्था गर्नका लागि बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । बुधबार दिउसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन ।
सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ । ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगे पछि स्थानीय अलमलमा परेका छन् ।
ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिएको थियो । यद्यपी ग्यास नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् । भूगर्भ विभागबाट प्रतिनिधिहरु आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाई छ ।
बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करीब १ किलोमिटर क्षेत्रमा धुलो पुगेको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुङ्गा नजिकका घरहरुमा झरेर सबै घर कुरुप भएका छन् ।
News Desk 0 response बुधबार, मंसिर १, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३