• कोरोना महामारीको कारण देश फर्कन नपाएका चिनियाँ नागरिकले काठमाडौँको हात्तीसारस्थित चिनियाँ दूतावासको भिसा सेन्टर अगाडि प्रदर्शन गरेका छन् । महामारी र ट्रान्जिट भिसाका कारण लामो समयदेखि नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले पाँच महिना देखि काम बिहीन भएको र होटलमा बस्नु परेको गुनासो गरेका छन ।

    करिब २ हजार चिनिया नागरिक आफ्नै खर्चले चिन फर्कन खोजे पनि फर्कन नसकेको उनीहरुको गुनासो छ ।चिनियाँ नागरिकलाई फर्काउने बिषयमा दूतावासले पहल गरिरहेको बताएको छ ।

4565