-
नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ। फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा बाकि रहेको पहिरो रोकथामका आवश्यक काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ। सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिएकाछन्। उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने जानकारी दिए। यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने भएकोले यातायात बन्द गरिएको रानाभाटले जानकारी बताएकाछन्।
उक्त सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने व्यस्था मिलाईएको छ।
उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३