-
चौकीदार किरण गुरूङले कैदीबन्दीमाथि यातना दिएको भन्दै विराटनगर (मोरङ) कारागार भित्र झडप भएको छ । मंगबलार १० बजे कारागार भित्र कैदीबन्दीहरूबीच दोहोरो झडप भएपछि परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
झडपका क्रममा चौकीदार गुरूङ सहित ६ जना घाइते भएका छन् । घाइते अन्य शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सुर्यदिप गुप्ता छन् । ज्यान मार्ने उद्योगका कैदी कार्तिक कामतको समूहले चौकीदार गुरुङ प्रशासन विरुद्ध विद्रोह गरेपछि झडप भएको थियो । झडपमा घाइते हुने कैदीबन्दीहरूलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल लगिएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको भन्दै कैदीबन्दीहरू आन्दोलित भएका थिए । चौकीदार गुरूङको दमन बढेको भन्दै आवाज उठेपछि हानाहानसम्म भएको हो । कारागारका निमित्त प्रमुख पोखरेलका अनुसार अहिले १४ जनालाई कारागारबाट बाहिर निकालिएको छ । उनीहरुलाई अन्त पठाईने भएको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक २३, २०७८
चौकीदार गुरूङसहित नाइके र भाइ नाइकेहरू पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, शेखर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सुर्यदिप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई छुट्टै कोठामा राखिएको छ ।
यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि कैदीबन्दी दिनभरी आन्दोलनमा उत्रिएका थिए । गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार बिहान साढे पाँच बजे ल्याइएपछि यहाँका कैदीहरूले दिनभरी आन्दोलनमा उत्रिएका थिए । त्यसबेला चौकीदार गुरूङको नेतृत्वमा यहाँका कैदीबन्दी आन्दोलित बनेका थिए । दिनभरी कैदीबन्दी आन्दोलित भएपछि गिरीलाई सप्तरी कारागारा पठाएको छ । अहिले कार्तिक कामतलाई गिरीले चलाएको दावी समेत गरिएको छ ।
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३