• प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनाध्यक्ष एमएम नरवणेबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । नरवणेको निमन्त्रणामा शर्मा मंगलवार बिहान दिल्ली प्रस्थान शर्मासँग साउथ ब्लकमा शिष्टाचार भेट भएको हो । शर्मालाई साउथ ब्लकमा भारतीय सेनाले ’गार्ड अफ अनर’ प्रदान गरेको थियो ।

    भेटमा दुई देशका सेनाध्यक्षबिच रक्षा मामिलामा सहकार्य गर्ने विषयमा कुराकानी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति गोविन्द कोविदले बुधबार भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।

4565