• प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरीति मात्र नभइ सामाजिक अपराधसमेत रहेको बताएका छन । शनिवार धनुषाको गणेशमाण चारनाथ नगरपालिका २ छघरीयामा रहेको मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियानमा उनले दहेजरूपी सामाजिक अपराधलाई अन्त्य गर्नुको विकल्प नरहेको बताएका हुन ।

    मुख्यमन्त्री राउतले दाइजोको नाममा समाजमा आपराधिक घटनाहरू भएको बताउँदै यस्ता अपराध अन्त्य गर्न सबैलाई आ–आफ्नो ठाउँबाट प्रण गर्न आग्रह गरे । सबै क्षेत्रमा महिलाको पहुँच नभएसम्म समाजले विकास गर्न नसक्ने मुख्यमन्त्री राउतको भनाइ छ ।

    प्रदेश सरकारले महिलाहरूका लागि ५० प्रतिशत आरक्षण गरेको जानकारी गराउँदै उनले शिक्षा नलिएसम्म आरक्षणको समेत फाइदा लिन नसक्ने जिकिर समेत गरे । कार्यक्रममा पूर्वमन्त्री मातृकाप्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम धर्मगुरुहरूले दाइजो मुक्त समाज निर्माणमा जोड दिएका थिए ।

4565