• कोरोना महामारीका कारण विस महिनादेखि रोजगार अनुमति प्रणाली ‘ईपीएस’ बाट नयाँ कामदार लान बन्द गरेको दक्षिण कोरियाले यही महिनाको अन्तिम सातादेखि प्रक्रिया खुला गर्ने भएको छ ।

    कोरियाको श्रम मन्त्रालयले दिएको जानकारीअनुसार ईपीएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम साता सुरु गरिने जानकारी दिएको हो । कोरियाले १६ वटा देशबाट कामदार लैजाने गरेको छ । ‘ईपीएस’ प्रणालीमार्फत हरेक वर्ष पचास हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन ।

    कोरोना महामारी सुरु भएपछि सो प्रक्रिया रोकिएको थियो । नेपालबाट बार्षिक पाँच हजारभन्दा बढी कामदार कामका लागि कोरिया जाने गरेका छन । कोरोना महामारीविरुद्ध राम्रा काम गरेका नेपाल लगायतका पाँच वटा देशबाट एक दिनमा एक सय र हप्तामा छ सयभन्दा कम कामदारलाई कोरिया आउने अनुमति थियो । यी नेपाली कामदार भने कोरिया गैसकेका छन ।

4565