• नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर चार प्रतिशतभन्दा तल झरेको छ । गएको २४ घण्टामा तीन हजार नौ सय ३२ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ५३ प्रतिशत अर्थात् एक सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    २ हजार १ सय ३४ नमुनाको पीसीआर परीक्षणमा १ सय २८ र १ हजार ७ सय ८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख १४ हजार ४ सय १७ पुगेको छ भने एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या ९४ हजार ८ सय १५ पुगेको छ ।

    सोही अवधिमा ६ सय ४९ जना निको भएका छन् । यससँगै नेपालका कोरोनामुक्त हुनेको संख्या ७ लाख ९४ हजार ४ सय ३८ पुगेको छ । देशभर हाल आठ हजार एक सय ४४ जना सक्रिय संक्रमित छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

4565