• पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पराजित गर्ने बताउनुभएको छ । नेकपा एमाले भरतपुर महानगरपालिकाको प्रथम महानगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले चैतमा स्थानीय तहको निर्वाचन हुने भन्दै स्थानीय तहको निर्वाचनमा अन्य दललाई धोबीले लुगा पछारेको जस्तरी पछार्नुपर्ने बताउनुभयो । यो सरकार चल्दै जाने र लुतो लागेको कुकुर जस्तै खुइलिँदै जाने ओलीले बताउनुभयो । एमालेले चाहे यो सरकार सात दिनमा ढाल्न सक्ने भनदै ओलीले आफूहरु सरकार ढाल्न हतारो गर्न भन्दा जनतालाई सचेत पार्न अगाडि बढ्ने बताउनुभयो ।

    कार्यक्रमा पूर्व गृहमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले माधव नेपाल र प्रचण्डलाई दक्षिणपन्थीहरुको नाइके भएको आरोप लगाउनुभयो । थापाले समाजलाई यथास्थितिवादमा राख्ने प्रवृत्ति दक्षिणपन्थी र अवसरवाद भएको बादलको भनाइ छ । प्रचण्ड र माधव नेपाल कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थीको नेतृत्व भएको बादलले बताउनुभयो ।

    महानगरको अधिवेशन उद्घाटन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दासढुंगामा रहेको मदन आश्रित पार्कको अवलोकन समेत गर्नुभएको थियो । नेकपा एमाले भरतपुर महानगरको अधिवेशन उद्घाटनका क्रममा एमालेका केन्द्रीय नेताहरु प्रभु शाह, सुरेन्द्र पाण्डे, माधव ढुंगेललगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

4565