• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनस्र्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरेको आरोप लगाएका छन ।

    आइतवार काठमाडौंमा आयोजित ज्योति स्पर्श र रातो बारुद नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै दाहालले दलित, जनजाति, आदिबासी र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उनीहरुको सम्मान गर्ने पार्टी माओबादी मात्रै रहेको दावी गरे ।

    जातिय विभेदको अन्त्य गर्न भएको बिद्रोहलाई बदनाम गर्न र आफुलाई सबै मिलेर अपराधि करार गराउन चाहेको उनको आरोप थियो ।उनले कतिपयले संघीयता उल्ट्याउन चाहेको समेत बताए ।

4565