• नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल बाहेक अरु नेतालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । आइतबार गृह जिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाललाई भने फेरि नेकपा एमालेले नलिने बताएका हुन् । उनले माधव नेपालको पछि लाग्ने मान्छे देखेर अचम्म लाग्ने टिप्पणी समेत गरे ।

    अध्यक्ष ओलीले सबै मिलेपछि आफू नेतृत्वको सरकार साढे तीन वर्षमा ढलेको तर अहिलेको सरकार साढे तीन महिनामा नै ढलपलको स्थितिमा पुगेको पनि बताए । ओलीले सरकार बन्ने वितिक्कै प्रदेश प्रमुख फेर्ने र राजदूत फिर्ता ल्याउने काम गरेको भन्दै आपत्ति समेत जनाए । ओली तीन दिनका लागि गृह जिल्ला झापा गएका हुन् । उनी झापा र मोरङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।।

4565