-
भारतको सिलगुढीस्थित भारतीय आयल निगमबाट छुटेका पेट्रालियम पदार्थ बोकेका ट्याङकरलाई जाँचपासको नाममा पानीट्याङ्कीमा भारतीय अधिकारीहरुले दुःख दिन थालेका छन । तेल भरेर पानीट्याङ्की भन्सार आएको घण्टौंसम्मपनि भंसार कर्मचारीले जाँचपास नगरी दुःख दिने गरेका हुन ।
भारतको सिलगुढी स्थित भारतीय आयल निगमको डिपोबाट पूर्वी नाका कांकरभिट्टा हुंदै पूर्वी नेपालमा पेट्रोलियम पदार्थ आयात हुंदै आएको छ । भारतको सिलगुढीस्थित भारतीय आयल निगमबाट आएका पेट्रालियम पदार्थ बोकेका ट्याङकरलाई जांचपांचको नाममा पानीट्याङ्की भन्सारमा भारतीय अधिकारीहरुले दुःख दिने गरेको चालकहरुले बताएका छन् । तेल भरेर पानीट्याङ्की भन्सार आएको घण्टौं सम्म पनि समयमा जांचपास नहुने समस्याले चालकहरुले समस्या भोग्नुपरेको हो ।
सिलगुढीस्थित निगम भित्रै एउटा भन्सार छ । त्यसले निगमले राखेको एजेन्टलाई कागजात दिल्ली पठाउंछ । त्यहांबाट कागजात पानीट्याङ्कीमा रहेको भारतीय भन्सारमा पठाएपछि मात्र ट्याङकर नेपालका लागि छुटने व्यवस्थाले झन्झट भएको हो । भन्सार एजेन्टले कागजात सर्भर तथा सिस्टम मा नभएको भन्दै आठ दश घन्टासम्म भन्सारमै रोक्ने गरेका छन । भारतीय अधिकारीको लापरवाहीसँगै पार्किङ्गको समस्या पनि झेल्नुपरेको चालकको गुनासो छ ।
लामो समयसम्म गाडि जांचपास नहुंदा सीमत सङ्ख्यामा भएका टयाङ्करका कारण पनि तेल वितरणमा समेत असहजता हुने गरेको छ । भारतीय भन्सार अधिकारीले भनेको समयमा जांचपास नहुंदा भएको स्टक पनि सकिने र फर्केको गाडी सोहि दिन भारत जान पनि सम्भव नहुँदा पूर्वका पेट्रो पम्पमा तेलको हाहाकार हुने गरेको मेची पट्रोलियम डिलर्श एसोसिएसनले जनाएको छ ।
भन्सारमा ढिलाईको समस्या सामधानकालागि पटक–पटक पहल गरिए पनि अहिलेसम्म निकास नआउदा पेट्रोल पम्प सञ्चालक समेत आजित भएका छन । उपभोक्ताले पनि समय समयमा तेल नै नपाउने अवस्था हुने गरेको छ । मेची अञ्चलमा दैनिक तीन लाख लिटर डिजेल र २ लाख लिटर पेट्रोल खपत हुने गरेको छ ।
News Desk 0 response शनिबार, कार्तिक ६, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३