-
नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो ।
शुक्रबार थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् ।
५०० भन्दाबढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । सङ्क्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् । पछिल्लो २४ घन्टामा ९३२ जना सङ्क्रमणबाट निको भएका छन् ।
यससँगै नेपालमा हालसम्म सात लाख ८५ हजार ८१३ जनामा सङ्क्रमण रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।२ प्रतिशत रहेको छ । शुक्रबार कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३३७ जनाको निधन भएको छ ।
त्यसैगरी होम आइसोलेसन १० हजार ११६, संस्थागत आइसोलेसनमा ८३० जना, सघन उपचार कक्ष (आइसियु)मा २७९ र भेन्टिलेटरमा ९१ जना रहेका छन् । शुक्रबार ५८ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।अहिलेसम्म ८५ लाख ९४ हजार २७४ पहिलो मात्रा र ६५ लाख ४६ हजार २३७ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
News Desk 0 response शुक्रबार, कार्तिक ५, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३