• अबिरल बर्षा पछि आएको बाढिले अन्नका लागि उर्वराभुमि मानिने बर्दियामा उत्पादन भएको धान भित्राउने बेलामा बर्षा सहितको बाढिले नष्ट गरेको छ । बर्दिया अन्न बाली उत्पादनको दुष्टिकोणले उन्नत जिल्ला मानिन्छ ।

    बर्षा सँगै आएको बाढिले किसानको बाली, पशु चौपाया लगाएत बहुआयामिक क्षेत्रमा पारेको प्रभावको स्थलगत निरिक्षण गर्न प्रधानमन्त्री सहितको उच्च स्तरिय टोली बर्दियाको राजापुरमा आएको छ ।

    स्थलगत निरीक्षण पछि प्रधानमन्त्री शेर बहादुर देउवाले नागरिकको पिडामा मलम लगाउने काममा कुनै कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले बर्षा सँगै आएको बाढिले १७ सय घर परिवार विस्थापित एवं विच्चलीमा परेका नागरिकलाई मन्त्री परिषदको बैठक बसि उचित राहतको प्याकेज ल्याउने वचन दिएका छन् ।

    यस क्षेत्रको ३५ हजार हेक्टर क्षेत्रफल जमिनमा उत्पादन भएको धानबाली नष्ट भएको हुँदा पिडामा रहेका जनताको घाउमा मलम लगाउने कार्यक्रम ल्याउने जानकारी दिएका छन् ।

    अर्थमन्त्री जनार्दन शर्माले बर्षा पछि आएको बाढिले मानवीय क्षती, भौतिक क्षति, पशु चौपाया क्षती अन्न बालीको क्षती तथा बहुआयामिक क्षेत्रमा क्षति भएको कुरा कार्यक्रम पछि समसामायिक विषयमा संचारकर्मिलाई प्रतिक्रिया दिएका छन् ।

    अर्थमन्त्री शर्माले अहिलेको परिस्थितीलाई कसरी पुर्ववत रुपमा फर्काउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री सहितको टोली स्थलगत अनुगमनमा आएको जानकारी दिएका छन् ।

    प्रधानमन्त्री शेर बहादुर देउवा सहितको टोलीले राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकामा कर्णाली नदीले पु¥याएको क्षतीको हेलिकप्टरद्धारा निरिक्षण गरेका छन् ।

4565