• लगातारको वर्षापछि आएको बाढीका कारण झापा जिल्लामा ३ सय ६७ घरपरिवारका एक हजार जनाभन्दा बढी मानिस विस्थापित भएका छन् । जिल्लाका विरीङ, कन्काई, मेची, रतुवा लगायतका खोलामा आएको बाढीका कारण उनीहरु विस्थापित बनेका हुन् ।

    कन्काई खोलामा आएको बाढीका कारण गौरीगंञ्ज गांउपालिका वडा नम्बर १ का १ सय ५२ र २ नम्बर वडाका ६२ परिवार बिस्थापित भएका छन् । गौरीगञ्जकै होकलबारी बस्तीमा कन्काई खोलाको बाढी पस्दा ८५ घर डुबानमा परी बिस्थापित बनेका छन् । त्यस्तै दमक नगरपालिकाका २७, भद्रपुर नगरपालिकाका ६०, शिवसताक्षी नगरपालिकाका २०, झापा गाउंपाकिालका ४६ घर विस्थापित बनेका छन् ।

    बिस्थापितहरुलाई सामुदायिक भवन, विद्यालय, चर्चलगायतका सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । शसस्त्र, जनपथ, रेडक्रस तथा स्थानीयतहका जनप्रतिनिधिले उद्धार कार्यमा सघाउ पु¥याइरहेको प्रशासनले जनाएको छ । विस्थापितलाई स्थानीयतहलाई तत्कालकालागि खाने व्यवस्था मिलाउन प्रशासनले निर्देशन दिएको जनाइएको छ ।

4565