• बझाङमा पहिरोले गाउँ पुरिँदा २२ जना सम्पर्कविहीन भएका छन् । थलारा गाउँपालिका– ४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा ७ घर पुरिएका हुन् । बेपत्ता हुनेमा स्थानीय गगने सार्कीको एकै घरका १७ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।

    पहिरोपछि तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भई त्रिभुवन माध्यमिक विद्यालयमा राखिएको छ । टेलिफोन सेवा अवरूद्ध हुँदा उद्दारमा पनि समस्या परेको छ । स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न सकेका छैनन् । स्थानीयले पानी परिरहेकोले बेपत्ता हुनेहरूको खोजी गर्न सकेका छैनन् ।

4565