• सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ आउदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाघु जिरी सडक खण्डको ६ किलो नजिकै दुर्घटना भएको छ। बसमा सवार रहेका ३५ जना घाइते भएका मध्य २ जनाको अबस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    अन्य घाइतेहरुको खाडिचौर स्थित सिन्धु सदावहार अस्पतालमा उपचार भईरहेको र सबैको अवस्था सामान्य रहेको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।काठमाडौ ,धुलिखेलमा सन्चालन हुने बस रिजर्भको यात्रु बोकेर काठमाडौँ आउदै गरेको थियोे ।

4565