• यस वर्षको दशैँका लागि काठमाडौँ उपत्यकामा ३८ हजार खसीबोका भित्रिएका छन् । उपत्यकाको मागलाई मध्यनजर गर्दै सरकार र व्यापारीहरुबीचको समन्वयमा सो संख्यामा खसीबोका काठमाडौं ल्याइएको हो ।

    गत वर्षको दशैँमा ३० हजारको हाराहारीमा खसीबोका भित्रिएकोमा यस वर्ष ३८ हजार भित्र्याइएको पशु सेवा विभागका सहायक सूचना अधिकारी श्याम सुन्दर यादवले बताए । जसमध्ये प्रदेश नं. १ बाट ११ हजार, प्रदेश २ बाट ६ हजार, बाग्मती प्रदेशबाट १७ हजार ५ सय , लुम्बिनी प्रदेशबाट ७ हजार ५ सय, कर्णाली प्रदेशबाट ७ हजार, सुदूरपश्चिमबाट ९ हजार भित्रिएका छन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने यसवर्ष २ हजार खसी बोका काठमाडौँ भित्राएको छ । त्यसमध्ये १२ सय हेटौडा र ८ सय वीरगंजबाट ल्याएको हो । यसका लागि कम्पनीले ३ करोड २० लाख बजेट विनियोजन गरेको थियो ।

    विभागले यस वर्षका लागि भारतबाट खसीबोकाको आयत गर्न नपर्ने बताएपनि ब्यापारीहरु भने भारतबाट २५ प्रतिशतसम्म आयात भएको बताउँछन् ।अन्य समयमा भन्दा दशैँको समयमा अत्याधिक मात्रामा मासुको खपत हुन्छ । खपत बढी हुने यस समयमा ब्यापारीहरुले अस्वस्थ्य खसीबोका समेत बिक्री गर्ने हुदा स्वाथ्य अनुगमन हुन आवश्यक छ । यसका साथै आम उपभोक्ता पनि सचेत रहनु आवश्यक हुन्छ ।

4565