• नेपालमा थप ८ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय ६४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ६७ र ३ हजार ४ सय ८ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २ सय पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९ सय ११ जना संक्रमण मुक्त भएसँगै हालसम्म ७ लाख ७३ हजार १ सय ४० जना कोरोना मुक्त भएका छन् । हाल देशभर १५ हजार ९ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

4565