-
काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापनाको पहिलो दिन आज विधिवत रुपमा जमरा राखिएको छ । घटस्थापना गरिएपछि नेपालीहरुको महान पर्व दसैँ सुरु भएको मानिन्छ । पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैंको नवरात्र शुरु हुन्छ ।
बिहिबार बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा हनुमानढोकाको दसैँ घरमा जमरा राखिएको हो । घटस्थापना गरिएपछि नेपालीहरुको महान पर्व दसैँ सुरु भएको मानिन्छ । पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैंको नवरात्र शुरु हुन्छ ।
घटस्थापन गर्दा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो । हनुमान ढोकाका पुजारी सुदिप लामिछानेले हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत् रुपमा जमरा राखेको बताए । उनले जौ, विधिको लागि मकै र गहुँ मिसाएर बालुवा र चोखो माटोमा जमरा राखिएको जानकारी दिए ।
हरेक वर्ष घटस्थापनाको दिन दशैँ घरमा जमरा राख्ने गरिन्छ । बिहिबार नवरात्रीको पहिलो दिन भएकोले शैलपुत्रीको पूजा आराधना गरेर नवरात्रीको शुरुवात गर्ने प्रचलन छ । नवरात्रीका नौ दिन शैलपुत्री, व्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ ।
त्यस्तै विजया दशमीको दिन देवी विसर्जन गरी १० बजेर २ मिनेटमा देवीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने चलन छ । विजया दशमीका दिन भगवान श्रीरामले नवरात्र व्रत गरी रावणमाथि विजय पाएको उत्सवका रुपमा मनाउन थालिएको भन्ने गरिएको छ भने कसैले राक्षसहरुमाथि दुर्गा देवीको विजयोत्सवको रुपमा मनाउने प्रचलन छ ।
दशैँको दिन आफूभन्दा ठूलाबडा मान्यजनहरुबाट टीका र जमरा लगाइ आशिर्वाद लिने चलन छ ।
News Desk 0 response बिहिबार, अशोज २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





