• महोत्तरीको भंगहा नगरपालिका– २ बखरी टोलका ३५ वर्षीया अमृता सदाको सामुहिक बलात्कार भएको छ । अचेत अवस्थामा रहेकी उनको विहिवार राती मुत्यु भएको छ ।परिवारले सामुहिक बलात्कार पछि अमृताको मुत्यु भएको भएको भन्दै अपराधीलाई कडा कारवाहीको माग गरेको छ ।

    मृतकका पति श्याम सदाले पत्नी अमृताको सामुहिक बलात्कारपछि मुत्य भन्दै दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन । ।गाउँले छिमेकीहरुले पनि घटना जघन्य अपराध भएको दाबी गर्दै अनुसन्धान गरी कारवाहीको माग गरेका छन। स्थानीयका अनुसार घटनाको प्रकृति हेर्दा अमृता माथि सामुहिक बलात्कार भई मुत्य भएको हुनसक्ने देखिन्छ । छिमेकमा जघन्य अपराध भएको भन्दै उहाँहरुले प्रभावकारी प्रहरी अनुसन्धान हुनुपर्ने र दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग राख्नुभयो ।

    अमृतालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान (राती) २ बजेको समयमा नम्बर नखुलेको अपाचे मोटरसाईक चढी आएका धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका– ३ बस्ने ३६ वर्षीय मनोज यादव सहित दुई जना आएर घरबाट उठाएर लगेको थियो ।मनोज सहित दुवै जनाले अमृतालाई पुनः बिहान ४ बजेको समयमा बेहोश पारेर उनकै घरमा पु¥याई (छोडी) भागेको थियो ।

    अचेत अवस्थामा अमृतालाई घरमा छाडी गएपछि परिवारजनले दिनभरि गाउँकै मानकी पोलिक्लिनिकमा उपचार गएरा पनि होश नआएपछि विहिवार५ बजे थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा उनको उपचारकै क्रममा गएराति १० बजे मृत्यु भएको उपचारमा संलग्न निजका ससुरा मदन सदाले बताए ।परिवारजनले अमृताको सामुहिक बलात्कार भएको र सोही कारण उनको मृ्त्यु भएको आरोप लगाएका छन ।

    समाजमा बढ्दो बलात्कार, हत्या हिंसालाई निरुत्साहित हुने ढंगले घटनाको छानविन गरी कारवाही अगाडि बढनु पर्ने अधिकारकर्मीको अर्जुन कुमार साहको माग छ । अधिकारकर्मी साहले घटनाको बारेमा बुभ्mदा जघन्य घटनाको रुपमा देखिएको बताए ।
    प्रहरी यस विषयमा थप अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। अभियुक्तको पहिचान गर्ने काम भईरहेको उनले बताए ।

4565