• नेकपा माओवादी केन्द्रले सरकारलाई पूर्णता दिने विषयमा आन्तरिक छलफल थालेको छ । बुधबार पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको हो । सरकारलाई पूर्णता दिने विषयमा देखिएका कानुनी जटिलता हट्ने प्रक्रियामा रहेकाले कानुनी जटिलता हटेपछि मन्त्रिपरिषद् विस्तार हुने नेता देब गुरुङले बताए ।

    गुरुङले एमालेले सदन अवरुद्ध गरेको अवस्थामा सरकारको तर्फबाट छलफल गरेर संसदको प्रक्रिया अघि बढाउनुपर्ने पार्टीले निष्कर्ष निकालेको बताए ।

    यस्तै पार्टीको आन्तरिक संगठनलाई व्यवस्थीत पार्न गृहकार्य थालेको छ । बैठकले पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजना पनि पास गरेको छ । त्यस्तै बिभिन्न समयमा भएका पार्टी एकताका आधारमा संगठनमा समेट्न छुटेका नेताहरुको समायोजनाका लागि गठित कार्यदलले सुझाव पेश गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको नेता गुरुङले बताए ।

4565