• सरकारले नेपालमा सञ्चालनमा रहेका जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको गठित समितिले नेपालमा सञ्चालन हुने जहाजको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने छ ।

    सो समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव तोकिएका छन् ।

    यो समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेको बारेमा पनि परिक्षण गर्नेछ । त्यस्तै जहाज चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएको बारेमा पनि समितिले परीक्षण गर्नेछ ।

    समितिलाई तीन महिनाको समय दिइएको छ । अध्ययनका क्रममा मापदण्ड पालना नभएको पाइए जहाजहरु ग्राउण्डेड गरिने मन्त्रालयको जनाएको छ ।

4565