-
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीका रुपमा आफूले दुई पटकसम्म गरेको संसद विघटनलाई ठीक भनेका छन् । उक्त निर्णयलाई असंवैधानिक र गलत भएको आवाज पार्टी भित्रै उठिरहँदा जारी केन्द्रीय कमिटी बैठकमा संसद विघटनबारे उठेका प्रश्नको जवाफ दिँदे उनले यस्तो भनेका हुन् ।
संसद विघटनसम्बन्धी आफ्नो कदमको बचाउका क्रममा उनले निर्वाचनमा जाने निर्णय कहिले पनि गलत नहुने तर्क गरेका छन् । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा उनले ताजा जनादेशमा जाने कुरालाई लोकतन्त्रमा गलत ठह¥याउन नसकिने बताएका छन् ।
अध्यक्ष ओलीले आफूलाई सरकार र पार्टीबाट हटाउन तत्कालीन अवस्थामा पुष्पकमल दाहाल र माधवकुमार नेपालले अनेक षड्यन्त्रका तानाबुना बुनेको पनि दाबी गरे । ओलीले पहिलो पटक २०७७ पुस ५ गते र दोस्रो पटक गत जेठ ७ गते राति प्रतिनिधिसभा विघटन गरेका थिए ।
तर उनको दुवै पटकको कदमलाई सर्वोच्च अदालतले उल्टाइदिएको थियो । सर्वोच्चले पछिल्लो विघटनविरुद्ध फैसला मात्रै दिएन, ओलीलाई सत्ताबाहिरको बाटो देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा काम गर्न नै परमादेश दिएको थियो ।
News Desk 0 response आइतवार, अशोज १०, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३