• बारामा एक किसान खराब मेवाको विरुवाका कारण लाखौंको लगानी डुवाउन बाध्य भएका छन् । पर्साको विरगजंस्थित पशुपतीनाथ एग्रोफरेस्टीबाट खरिद गरिएका विरुवा कमसल परेपछि किसान मर्कामा परेका हुन् ।

    जीतपुर सिमरा उपमहानगरपालिका १७ का जैतापुरका किसान संचराम थिङ्ग र उनका भतिजी दुलमाई तामाङ्गनीको खराब मेवाको विरुवाका कराण ९ लाख रुपैंयाबढी रकम नोक्सान भएको छ ।

    उनीहरुले उन्नत जातको मेवाको विउ भन्दै प्रति विरुवा १ सय ६० रुपैंयाको दरमा खरिद गरि २ हजार ३ बोट एक विगाह बढी जमिनमा लगाएका थिए । पर्साको विरगजंमा रहेको पशुपतीनाथ एग्रोफरेस्टी प्रा.लि. पानिटंकी विरगजंसँग खरिद गरिएका विरुवा बिक्रेताको लापरवाहीका कारण नष्ट भएको पिडित किसानहरुले बताए । विरुवा बेचेपछि उक्त कम्पनीका प्रतिनीधि फर्केर नआएको पिडितको गुनासो छ ।

    उक्त कम्पनीका प्रतिनीधिले बिरुवा दिने बेला प्राविधिक सहयोग गर्ने, मेरेका बिरुवाको बदलामा निःशुल्क विरुवा दिने, उत्पादन कम्पनीले खरिद गरिदिने प्रतिबद्धता जनाएपनि कुनै सनुवाइ नभएको बताएका छन् । केही त्यसै मरे । केही विरुवा लगातारको बर्षाले क्षति पुर्यायो ।

    बँचेका विरुवामा फल लाग्न थालेको थियो । तर ति विरुवामा पनि फल नलाग्दै नष्ट भयो । मेवा खतिबाट राम्रै आम्दानी हुने आश राखेता पनि अहिले निराशा छाएको पिडितको भनाइ छ ।

    अहिले उनिहरुला मेवा खेतिका लागि लिएको ऋण र व्याज तिर्न चिन्ता लागेको छ । उनिहरुलाई विरुवा उपलब्ध गराउने कम्पनीले ठगेको गुनासो छ । सोझा किसानमाथि विरुवा बिक्री गर्ने र त्यसको क्षतिपूर्ति दिने सहमति भएपनि त्यस अनुसारको व्यवस्था नर्गने कम्पनीमाथि कारवाही हुनुपर्ने स्थानीयको माग छ ।

    यसतर्फ कम्पनीले पनि किसानको लाखौं रुपैयाँको लगानीमा खेलवाड गर्नुभन्दा सहमति अनुसारको क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने देखिन्छ ।

4565