• नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच तोडफोड गर्न खोज्ने एक जना पक्राउ परेका छन । सुक्रबार दरबार संग्रहालयमा अवलकोन गर्न गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय खेम बहादुर घर्तीले खुकुरीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए ।

    संग्रहालयको सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालयले जनाएको छ ।

    घर्तिले बुलेट प्रुफ सिसि भित्र रहेको श्रीपेच बाहिर रहेको सिसाको आवरण फुटाएका थिए । उनले श्रीपेच देखेपछि आफ्ु राजा हुन आएको भन्दै तोडफोडको प्रयास गरेका थिए । उनी बैदेशिक रोजगारका क्रममा दुई बर्ष बहरायन बसेर फर्किएका थिए । उनको मानसिक अबस्था ठिक नभएको परिवारले बताएको छ । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ ।

4565