-
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्न २ सदस्यीय वार्ता टोली गठन गरिएको बताउनुभयो । वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहनुभएको उहाँले जानकारी दिनुभयो ।
सञ्चारमन्त्री गुरुङले सबै ससस्त्र समूह र द्धन्दमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोणको आधारमा वार्ता टोली गठन गरिएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुनेमा विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहसँग वार्ताद्धारा समस्या समाधान गर्न माननीय गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सम्माननीय प्रधानमन्त्रीज्यूका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनेगरी दुई सदस्यीय वार्ता टोली गठन गरिएको व्यहोरा यहाँहरुका बिचमा प्रेस वक्तव्य मार्फत यहाँहरुलाई सार्वजनिक गर्न चाहान्छु ।
अत्यन्तै छिट्टै नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहसँग वार्ताको प्रक्रिया अगाडी बढाउनेछ । आशा छ, नेपाल सरकारले यो वार्ता टोली बनिसकेपछि नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुनेछ भन्ने हामी विश्वास गर्दछौँ । सबेै ससस्त्र समुह र द्धन्दमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउने काममा नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण राख्दै आएको छ । त्यही दृष्टिकोणको आधारमा पनि आजको यो वार्ता टोली गठन भएको सार्वजनिक गर्दछ ।’
मन्त्री गुरुङले विप्लव समुहलाई लगाइएको प्रतिवन्ध, हतियार बिसाउने तथा नेता कार्यकर्तालाई लागेको मुद्धाको विषयमा वार्ताबाटै समस्या समाधान गरिने बताउनुभयो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





