• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई एमसीसी भन्दा गठबन्धन प्यारो रहेको बताएका छन् । काभ्रेमा आयोजित वाइसीएलको नगर सम्मेलनमा उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफुहरुका लागि एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताए । उनले जस्तो सुकै मूल्य चुकाएर भएपनि आउदो चुनावसम्म गठबन्धन बनाएर लड्ने संकल्प गरेको स्पष्ट पारे ।

    अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओली सामन्ती हिन्दू अतिवादी भएको आरोप लगाए । उनले ओली प्रवृत्ति र विचारको हिसाबले कम्युनिस्ट र माक्सवादी नभई सामन्ती हिन्दू अतिवादी भएको टिप्पणी गरे ।

    अध्यक्ष दाहालले केपी ओली सरकार भ्रष्टाचारमा लिप्त भएको दृष्टान्त दिँदै गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भएपनि जोगाएको दाबी गरे ।

    अध्यक्ष ओलीले आफु समाजवादी क्रान्तिका लागि ज्यान छोडेर हामफालेको बताए । विगतमा जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माणमा जस्तै समाजवादी क्रान्तिको निम्ति एकपटक लड्ने स्पष्ट पारे ।

4565