-
सत्तारुढ दलको प्रचण्डमाधव समुह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् ।
विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेसंगै न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदै उनीहरुले सरकार र विद्रोही पक्ष दुवैलाई प्रचारवाजी र जनताको भावनासंग खेल्ने काम नगर्न सचेत गराएका हुन् । विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्ने सरकारको कदमलाई नेपाली कांग्रेसले स्वागत गरेपनि प्रचारवाजीको रुपमा प्रयोग नगर्न सरकारलाई र शक्ति संचयको रुपमा प्रयोग नगर्न विद्रोही पक्षलाई सचेत गराएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विद्रोहको अन्तत निकास शान्तिपुर्ण राजनीति नै भएकाले वार्ताको प्रयास सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । तर बदलिदो राजनीतिक घटनाक्रमले एउटा आकार नलिदै वार्ता टोली गठन गरेर प्रचारवाजी मात्रै गर्न खोजिएको भए त्यस किसिमको गल्ति नगर्न सरकारलाई सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो “सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरिसकेपछि नेपालको राष्ट्रिय राजनीतिले एउटा निश्चित आकार लिन बाँकी छ । त्यो आकार लिएर अगाडि बढ्ने प्रक्रियाले निश्चित परिदृश्य उत्पन्न हुनुपुर्व नै एकाएक अहिले जुन समितिहरु बनेका छन् , यो केबल जनता शान्तिको अपेक्षा राख्छ भन्ने हिसाबले यसलाई वार्ताका लागि वार्ता गरे जस्तो गरेर, वार्ता समिति बनाएर हामीले काम गर्न खोजेका थियौ भन्ने अवस्था बनाएर केबल प्रचारवाजीमा गएर भावनामा खेल्ने कर्म सरकारले गर्नुहुन्न र संगै विद्रोहीहरुले पनि गर्नुहुन्न । यो सन्र्दभमा हामी सरकार र विद्रोही पक्षलाई चेतावनीयुक्त भाषामा नेपाली कांगेस पार्टीको तर्फबाट तपाईहरुले जनताको भावनालाई खेलवाड नगरेर वार्तालाई केवल प्रचारवाजी, सरकारले प्रचारवाजीमा र विद्रोहीले केवल शक्ति संचय गर्ने रणनीतिमा प्रयोग गर्ने दिशामा तपाईहरु जानुहुन्न र इमान्दार ढंगले वार्ता गरेर समाधानमा पुग्नुपर्छ भन्ने अपिल गर्न चाहन्छौ ।”
विप्लव समेतको सहभागीतामा भएको जनयुद्ध र नेपाली कांग्रेस लगायत दलहरुले गरेको शान्तिपुर्ण आन्दोलापछिको बाह् बुँदे समझदारी र सोही समझदारीको जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको परिधि भित्रैबाट समाधान खोजी देशलाई निकास दिन पनि अपिल गर्नुभयो ।
उहाँले भन्नुभयो “स्वागतयोग्य छ । सकारात्मक छ । तत्कालै विप्लव समुहबाट पनि वार्ता समिति बन्यो । हामीले दुवै समिति बन्ने कुरालाई सकारात्मक रुपमा लिएका छौ । नेपाली कांग्रेस पार्टीले पहाड जत्रो आकारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई शान्तिपुर्णरुपमा रुपान्तरण गर्ने क्षमता राख्छ भने शासकिय योग्यता तपाईहरले राख्नुपर्छ र आफ्नै एउटै रुप रंग भन्ने नेपाल कम्युनिष्ट पार्टीलाई उही रुप रंगमा ल्याउनुहोस् भनेर हामीले अपिल गरेका थियौ । त्यसैले सरकारले प्रतिबन्ध लगाएर बल प्रयोगबाट समाधान गर्न खोज्नु सरकारले गलत गर्दैछ । र हिंसाको बाटोबाट अगाडि गएर गतिविधि गर्दैहुनुहुन्छ ,विप्लबले गलत गर्देहुनुहुन्छ भनेर हामीले वार्ताबाट समाधान खोजी गरेका थियौ । त्यसकारण अहिले अहिले सरकारले बनाएको वार्ता समिति र विप्लब समुहले बनाएको वार्ता समितिलाई सकारात्मक रुपमा लिन्छौ । स्वागतयोग्य मान्छौ । ”
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्डमाधव समुहका नेता गंगाालाल तुलाधरले सरकारले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउन नभई नभई अहिलेको राजनीतिक घटनाक्रमबाट ध्यान अन्यत्र मोड्नका लागि गरिएको ‘प्रपञ्ज’को संज्ञा दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सुरक्षा थ्रेट छ भन्नु, सर्वोच्च अदालतले मैले भनेजस्तो गर्दिएन भने आन्दोलन गर्छु भन्नु र अहिले वार्ताका लागि टोली गठन गर्नु प्रधानमन्त्रीको विक्षिप्त मानसिकताको श्रृंखलाकै रुपमा आएको टिप्पणी उहाँले गर्नुभयो ।
सर्वोच्च अदालतको फैसलापछि सर्वत्र प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने सर्वत्र चर्चा भईरहेका बेला ध्यान अन्यत्र मोड्नका लागि सरकारले वार्ता टोली गठन गरेको तर्क उहाँले गर्नुभयो । तर उहाँले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउने ढंगले वार्ता टोली गठन गरिएको हो भने त्यसबाट आफुहरु खुसी नै हुने बताउनुभयो ।
उहाँले भन्नुभयो “वार्ता टोलीले तार्किक निष्कर्षमा पुर्याउँछ भने, समस्या समाधान हुन्छ भने हामी वृहतर शान्तिको पक्षमा अगाडि बढीरहेकाहरुलाई खुसी लाग्नु स्वभाविक हो र म पनि खुसी नै छु । तर के यो वार्ता तार्किक निष्कर्षमा पुग्नकै निम्ति, सार्थक परिणाम निकाल्न कै निम्ति गरिदैछ ? त्यस्तो होइन जस्तो मलाई लाग्छ । प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनको बाटो तर्फ ओली जी जसरी हिड्न खोज्नुभएको थियो त्यो कुराले त सिंगो शान्ति प्रक्रिया अब भाग्ने हो कि भन्ने ठाउँमा पुगेको थियो । सर्वोच्चले न्यायीक फैसला गरिदिएर जुन परिस्थिति निर्माण भएको छ , एक प्रकारले आशा पलाएको छ । यस्तो आशा पलाईरहेको स्थितिमा फेरि अर्को विद्रोही पक्षसंग वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउने र बाँकी शान्ति प्रक्रियाका कामहरुलाई पुरा गर्ने उद्देश्य राख्नु आफैमा राम्रै कुरा हो तर मलाई विश्वास लाग्दैन कि ओली जीले इमान्दारीतापुर्वक यो काम गरिरहनुभएको छ । उहाँको मन भित्र एउटा कुरा हुन्छ र व्यवहारमा अर्को कुरा हुन्छ । उदाहरणको लागि अहिले मलाई सर्वत्र सुरक्षा थ्रेट छ भनेर भनिरहनुभएको छ । एउटा प्रधानमन्त्रीको हैसियतले सुरक्षा थ्रेट छ भनेर भन्ने कुरा अथवा सर्वोच्च अदालतले मैले भनेजस्तो गर्दिएन भने आन्दोलन गर्छु भनेर भन्ने जस्तो कुरा । यी जम्मै कुराहरुचाहीँ एउटा विक्षिप्त मानसिकताका साथ उहाँले गरिराख्नुभएको छ । यसैको श्रृंखलाको रुपमा.वार्ता टोली गठन गरेर एउटा खास विषयबाट ध्यान अन्यत्र मोड्नका लागि गरेको प्रपञ्ज भन्ने मलाई लाग्छ । उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कुरा सर्वत्र उठिरहेको बेलामा शान्ति प्रक्रियाका निम्ति उनको अपरिहार्य देखियो भनेर भन्ने परिस्थिति पुर्याउनका निम्ति उनले ध्यान मोड्नका लागि गरेको भन्ने लाग्छ । होइन भने भोली देखि नै देखिएला वार्ताका परिणाम के देखिन्छन् भन्ने खालका कुराहरु । तर सार्थक परिणाम निस्कन्छ भने यो कुरा ठिकै हो । ”
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३





