• सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    परराष्ट्र सेवाका बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    यो निर्णयसँगै २०७३ सालमा शेरबहादुर देउवाका नियुक्त भएकी जापानकी प्रतिभा राणसमेत फिर्ता हुने भएकी छन् । सरकारको निर्णय कार्यान्वयनमा आएसँगै ओली सरकारका पालामा नियुक्त अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने छ ।

4565