• नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले छिटै नै आफ्नो पार्टी सरकारमा सामेल हुने बताए । संविधान दिवसका अवसरमा पोखरामा आईतबार आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उनले प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी भइरहेको बताए ।

    उनले एमाले भन्दा आफ्नो पार्टी सुदूरपश्चिममा एक नम्बर भएको, २ नम्बर प्रदेशमा एमालेभन्दा ठूलो भएको, कर्णाली प्रदेशमा एमालेलाई धूलो चटाइदिएको बताए ।

    अध्यक्ष नेपालले आफुनो कुनै पार्टीसँग एकता नगरी एकल शक्तिले आफ्नो पार्टी अगाडि बढ्ने बताए ।नेपालले ओली नेतृत्वको सरकारका पालामा भएको वाईड बडी जहाज खरिद प्रकरणबारे छानविन हुनुपर्ने बताए । वाईड बडि खरिद गर्दा भएको भ्रष्टाचारको प्रमाण आफूससंग भएको दाबि गरे ।

4565