• संखुवासभाको मादी नगरपालिका १ खोलागाउँमा भएको हत्या काण्डको अनुसन्धानको क्रममा थप ४ जना माथी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    एकै परिवारका ६ जनाको हत्यामा संलग्न लोकबहादुर कार्कीको बुवा र छिमेकी ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । नियन्त्रणमा लिइएका ४ जना घटनाको बारेमा जानकार रहेको तर घटनाको ढाकछोप गर्न सघाउ पर्याएको भन्दै थप अनुसन्धानको लागि ल्याइएकोे प्रहरीले जनाएको छ ।

    कार्की परिवारको हत्या आरोपमा साईनोले भतिजो पर्ने छिमेकी लोकबहादुर कार्कीलाई गत आईतबार प्रहरीले सार्वजनिक गरेको थियो । त्यसको तीन दिनपछि लोकबहादुरको भाइ नरेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    नरेशको बयानको आधारमा उनका बुवा रणबहादुर, छिमेकी खड्गबहादुर, खड्गबहादुरको श्रीमती र उनका छोरालाई नियन्त्रणमा लिएको हो ।
    गत भदौ २१ गते सोमबार विहान बर्ष ५८ को तेजबहादुर कार्की, उहाँकी आमा बर्ष ८४ को पार्वता, श्रीमती ५४ को कमला, बर्ष २८ का बुहारी रञ्जना, बर्ष ११ का नाती दिपेन र बर्ष ५ का नातिनी गोमा कार्कीको हत्या गरिएको थियो ।

4565