• प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् । झापाको बिर्तामोडमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताए । ओलीले सभामुख सापकोटाले पार्टी कार्यकर्ताको रूपमा काम गरेका आरोप लगाए ।

    अध्यक्ष ओलीले एमाले विभाजित नभएको समेत दाबी गरे । एमाले विभाजन भएको नभई केहि मान्छे चोइटिएर गएको उनको भनाइ छ । ओलीले माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी नक्कली भएको समेत बताए । उनले माधव नेपालको पार्टीलाई वडा सदस्य जितर देखाउन चुनौती समेत दिए ।

    ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गद्धार नेताको संज्ञा दिँदै धोकेबाज भएको आरोप लगाए । उनले संधै नातावादमा हाबी हुने दाहालसंग रहेर राजनीतिक जीवन बर्बाद नगर्न माओवादी केन्द्रका कार्यकर्तालाई आग्रह समेत गरे ।

4565