• प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन् । संसद बैठक लगातार अवरुद्ध भईरहेका बेला प्रधानमन्त्री देउवाले संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गरेका हुन् ।

    नेकपा एमालेले आफ्नो पार्टीले निष्काशन गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई संसद बैठकमा भाग लिन दिएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ । आईतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

4565