• नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसो पार्टीले एमालेसंग लड्न देखेको सपना सपनामै सिमित हुने बताए । पोखरामा आयोजित कार्यकर्ता भेलामा उनले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताए । अध्यक्ष ओलीले विपक्षीहरूले एमालेलाई एक्लै हेर्न समेत नसक्ने जिकिर गरे ।

    अध्यक्ष ओलीले दिनमा १० वटा भारतीय हेलिकोप्टर नेपाली आकासमा आएर तमासा देखाउँदा समेत सरकार मूकदर्शक बनेको बताए । उनले जयसिंह धामी तुइनका लठ्ठा काटेर नदीमा बगाउँदा समेत सरकार रमिते बनेको टिप्पणी गरे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसद्ले काम गर्न पनि नसक्ने र बच्न पनि नसकेपछि आफुले विघटन गरेको दाबी गरे । ओलीले अदालतले पनि काँग्रेसले प्रतिनिधिसभा विघटन गर्दा सदर गर्ने र एमालेले विघटन गर्दा बदर गर्ने गरेको बताए ।

    ओलीले पुष्पकमल दाहाल र माधव नेपालले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाएर पार्टी कब्जा गर्ने प्रयास गरेको बताए । उनले आपूm प्रधानमन्त्री भए देखिनै नेता दाहाल र नेपालले पार्टीमा कब्जा जमाउने योजना बनाएको आरोप लगाए ।

4565