• स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसैंसम्म ३३ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप लगाउने बताएका छन् । सोमबारदेखि आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको सम्मेलनबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन लागेको पनि जानकारी गराए । दसैंसम्ममा २ करोड ५ लाख डोज खोप जहाँबाट भए पनि ल्याउने उनले बताए ।

    नेपाललाई कुल ५ करोड ५० लाख खोपको आवश्यकता रहको राज्यमन्त्री श्रेष्ठको भनाई छ । हालसम्म १ करोड ४ लाख खोप लगाइ सकिएको उनले बताए ।

4565