• नेपालमा थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय ५३ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २४ र ३ हजार १ सय २२ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख ५३ हजार २ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ ।

    नेपालमा हालसम्म १० हजार ८ सय १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै, २४ घण्टामा थप २ हजार १ सय ९५ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म सक्रमित भएका मध्ये ७ लाख २५ हजार ६ सय ५१ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ३१ हजार ८ सय २६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ७४ जना क्वारेन्टिनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३९ लाख ५२ हजार ९ सय ४२ वटा नमुना पीसीआर र ४ लाख ८४ हजार ९ सय ४३ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

4565