-
इटहरी । उर्वर माटो र ठूलो खेतबारीबिना खेती सम्भव हुँदैन भन्ने सोचलाई सुनसरीको इटहरी–८ का युवा किसान सन्तोष न्यौपानेले आधुनिक प्रविधिको प्रयोगमार्फत बदलिरहेका छन्।
माटोबिनै पानी र आवश्यक पोषण तत्वको सहायताले गरिने हाइड्रोपोनिक खेतीलाई व्यावसायिक रूप दिँदै उनले कृषि क्षेत्रमा नयाँ सम्भावनाको उदाहरण प्रस्तुत गरेका छन् ।
नेक्स्ट जेनेरेसन फार्मर नेपाल सञ्चालन गर्दै आएका न्यौपानेले तीन वर्षअघि हाइड्रोपोनिक प्रविधि सिकेका थिए। आफ्नै फार्ममा सफल परीक्षणपछि उनले यसलाई व्यवसायमा विस्तार गर्दै हाइड्रोपोनिक प्लान्ट, कोकोपिट, आवश्यक पोषण तत्व, ‘लिहाइको’ नामक मल तथा अन्य कृषि सामग्री बिक्री–वितरणसमेत गर्दै आएका छन्। सुरक्षित, गुणस्तरीय र विषादीरहित तरकारीहरु हाइड्रोपोनिक र गमलामै उत्पादनलाई प्राथमिकता दिँदै उनले आधुनिक कृषिलाई प्रवद्र्धन गरिरहेका छन्।
उनको फार्म अवलोकन गर्न पुगेका स्थानीय राजु गौतमले परम्परागत कौशी खेतीको तुलनामा हाइड्रोपोनिक प्रणालीबाट कम ठाउँमा धेरै उत्पादन लिन सकिने देखिएको बताए। सहरी क्षेत्रमा समेत सजिलै अपनाउन सकिने भएकाले आफू पनि यो प्रविधिमा खेती गर्ने तयारीमा रहेको उनको भनाइ छ।
न्यौपानेको फार्ममा हाल रायो साग, चाइनिज साग, टमाटर, काक्रा, खुर्सानी, लहरे तरकारी तथा विभिन्न प्रजातिका फूलका बिरुवा उत्पादन भइरहेका छन्। बिरुवाको जरामा पानीमार्फत आवश्यक पोषण तत्व पु¥याइने भएकाले उत्पादन स्वस्थ, सफा र गुणस्तरीय हुने उनी बताउँछन्। घरको छत, कौशी वा सानो खाली ठाउँमा समेत टावर प्रणाली राखेर खेती गर्न सकिने भएकाले यो प्रविधि विशेषगरी सहरी क्षेत्रका लागि निकै उपयोगी रहेको उनको विश्वास छ।

दैनिक उपभोग हुने तरकारीमा बढ्दो विषादी प्रयोगले स्वास्थ्यमा असर पारिरहेको भन्दै सुरक्षित खाद्य उत्पादन गर्ने उद्देश्यले आफू हाइड्रोपोनिक खेतीमा लागेको न्यौपानेको भनाइ छ। एउटै टावरबाट विभिन्न प्रकारका तरकारी उत्पादन गर्न सकिने भएकाले कम लागत, कम ठाउँ र राम्रो आम्दानी सम्भव भएको उनको अनुभव छ। फार्ममा आउने कृषक, विद्यार्थी तथा सर्वसाधारणलाई उनले निःशुल्क अवलोकन, प्राविधिक परामर्श र आवश्यक जानकारीसमेत उपलब्ध गराउँदै आएका छन्।
युवालाई हाइड्रोपोनिक खेतीसम्बन्धी तालिम, अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन स्थानीय तथा प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने न्यौपानेको सुझाव छ। यस्तो सहयोग प्राप्त भए धेरै युवाले नेपालमै स्वरोजगार सिर्जना गर्दै आत्मनिर्भर बन्न सक्ने र वैदेशिक रोजगारीप्रतिको आकर्षणसमेत घट्ने उनको विश्वास छ।
इटहरी–८ स्थित उनको फार्म अहिले कृषक, विद्यार्थी, कृषि अध्ययनकर्ता तथा सर्वसाधारणका लागि सिकाइको केन्द्र बनेको छ। वातावरणअनुकूल प्रणालीमार्फत मौसमी र बेमौसमी दुवै प्रकारका तरकारी उत्पादन गर्न सकिने भएकाले हाइड्रोपोनिक खेतीको भविष्य उज्ज्वल देखिएको छ। इच्छुक कृषकका लागि न्यौपानेले तालिम, आवश्यक सामग्री र प्राविधिक सहयोगको व्यवस्था समेत गर्दै आएका छन्।
News Desk 0 response शुक्रबार, साउन १, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३





