-
इटहरी। उद्योग वाणिज्य संघ इटहरीको ३४ वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ। शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक हुँदा गायत्री कटवाल भण्डारी अध्यक्षमा निर्वाचित भएसँगै संघले आफ्नो पहिलो महिला अध्यक्ष पाएको हो।
भण्डारीले ७५८ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नवराज काफ्लेलाई १५ मतको अन्तरले पराजित गरिन्। काफ्लेले ७४३ मत प्राप्त गरेका थिए। कडा प्रतिस्पर्धाबीच प्राप्त यो जितलाई इटहरीको व्यवसायिक क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्षसमेत रहेकी भण्डारीले निर्वाचन अभियानभर संघमा पारदर्शिता, सुशासन, व्यवसायीमैत्री सेवा, महिला नेतृत्वको सशक्त सहभागिता र संस्थागत सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएकी थिइन्। उनको विजयसँगै उद्योग तथा व्यापार क्षेत्रमा महिलाको नेतृत्व थप मजबुत बन्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।

वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने सर्वाधिक ९९३ मतसहित निर्वाचित भए। त्यसपछि सञ्जीव खड्का ९८९, बलराम बस्नेत ९६५, सिनेट रिजाल ९६४, सञ्जय शाह ९६३, बलबहादुर न्यौपाने ९४९, सन्नी चौधरी ९२१, दिनेशप्रसाद धमला ९१४ र महेश थापा ८८७, मत प्राप्त गर्दै विजयी भए। यता दुर्गाप्रसाद थापा, निर्मला श्रेष्ठ, उषा सेढाई सत्याल र हर्कबहादुर विक भने पराजित भए।
महिला सदस्यतर्फ मीना आचार्य ढकालले ९५६ तथा सुमित्रा घिमिरे भट्टराईले ६८१ मत प्राप्त गर्दै विजयी बने। उनीहरूका प्रतिस्पर्धी पुनम थापा मगर र लीलाकुमारी राई पराजित भए।
उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना र किसनकुमार खेडिया निर्वाचित हुँदा सुरज आङ्देम्बे पराजित भए। एसोसिएट सदस्यमा विनोद पौडेल तथा वस्तुगत सदस्यमा संयोग पराजुली निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार संघका चार शाखासहित कुल २ हजार ३ सय १९ मतदातामध्ये १ हजार ५ सय ४२ मत खसेकोमा ४१ मत बदर भएको थियो। यस निर्वाचनले उद्योग वाणिज्य संघ इटहरीमा नयाँ नेतृत्व मात्र चयन गरेको छैन, महिला नेतृत्वको नयाँ अध्याय पनि सुरु गरेको छ। व्यवसायीहरूले अब नयाँ नेतृत्वले संघको गरिमा, पारदर्शिता र व्यवसायी हितलाई थप मजबुत बनाउने अपेक्षा गरेका छन्।
News Desk 0 response सोमवार, असार २९, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३