-
इटहरी । सौन्दर्यकला क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय इटहरी–६ स्थित स्वप्नील ब्यूटी क्लिनिक एन्ड ट्रेनिङ इन्स्टिट्युटले आफ्नो २६औँ वार्षिकोत्सव औपचारिक समारोहभन्दा फरक शैलीमा सामाजिक सेवामूलक कार्यक्रम आयोजना गर्दै मनाएको छ।
वार्षिकोत्सवको अवसरमा इन्स्टिट्युटले इटहरी–२ स्थित मायाघर नेपालमा आश्रित बालबालिका तथा ज्येष्ठ नागरिकहरूसँग खुसी साटासाट गर्दै विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा आश्रममा रहेका बालबालिका र ज्येष्ठ नागरिकहरूको सरसफाइमा सहयोग गर्नुका साथै उनीहरूलाई स्वादिष्ट भोजन गराइएको थियो। साथै खाद्यान्न, लत्ताकपडा तथा सरसफाइ सामग्री मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै मायाघर नेपालकी अध्यक्ष प्याकुरेलले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आश्रममा रहेका बालबालिका तथा ज्येष्ठ नागरिकप्रति देखाइएको सहयोग र सद्भाव प्रशंसनीय रहेको बताइन्। यस्ता मानवीय कार्यले आश्रममा बसोबास गर्नेहरूमा आत्मीयता र हौसला थप्ने उनको भनाइ थियो।

कार्यक्रममा स्वप्नील ब्यूटी क्लिनिक एन्ड ट्रेनिङ इन्स्टिट्युटका प्रशिक्षक, कर्मचारी तथा सौन्दर्यकला अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आश्रममा रहेका व्यक्तिहरूको कपाल काट्ने, नङ सफा गर्ने तथा व्यक्तिगत सरसफाइमा सहयोग गर्दै सामाजिक सेवामा प्रत्यक्ष सहभागिता जनाएका थिए। साथै व्यक्तिगत स्वच्छता र सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिएको आयोजकले जनाएको छ।

स्वप्नील ब्यूटी क्लिनिककी सञ्चालक विजु बैनी श्रेष्ठले सौन्दर्यकला सिकाउनु मात्र संस्थाको उद्देश्य नभएको बताइन्। उनले सीपसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्नु पनि संस्थाको प्राथमिकता रहेको उल्लेख गर्दै वार्षिकोत्सवको अवसरमा आश्रममा रहेका बालबालिका तथा ज्येष्ठ नागरिकहरूको कपाल काट्ने, नङ सफा गर्ने र आवश्यक सामग्री वितरण गरिएको जानकारी दिइन्।
वार्षिकोत्सवलाई औपचारिक कार्यक्रममा सीमित नराखी समाजका आवश्यकता भएका व्यक्तिहरूसँग खुसी बाँड्दै मनाइएको यस कार्यक्रमले निजी संस्थाहरूले सामाजिक उत्तरदायित्व निर्वाहमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सन्देश दिएको सहभागीहरूको भनाइ थियो।
विगत २५ वर्षदेखि सौन्दर्यकला क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको स्वप्नील ब्यूटी क्लिनिक एन्ड ट्रेनिङ इन्स्टिट्युटले यस वर्षको वार्षिकोत्सवलाई सामाजिक सेवामा केन्द्रित गर्दै “मानवीय सेवा नै सबैभन्दा ठूलो उत्सव” भन्ने सन्देश व्यवहारमै उतारेको छ।
News Desk 0 response मङ्लबार, असार १६, २०८३
सम्बन्धित शीर्षकहरु
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





