-
इटहरी । कवि नदीशको एकल कविता वाचन कार्यक्रम ‘नदीशको लयमा हिउँद’ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। रोट्रयाक्ट क्लब अफ इटहरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्षता शितल धितालले गर्नुभएको थियो भने मुख्य अतिथिका रूपमा साहित्यकार मनु मञ्जिलको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन तथा सञ्चालन जेनिशा जूनईराले गर्नुभएको थियो।
सङ्गीत साधना प्रतिष्ठानको सहकार्यमा सम्पन्न कार्यक्रममा कवि नदीशले प्रायः अमेरिका बसाइका क्रममा अनुभूत गरेका चिसो मौसम, एकान्त, संवेदना र जीवनका सूक्ष्म अनुभूतिहरूलाई कवितामार्फत प्रस्तुत गर्नुभयो। उहाँले हिमदृष्टि, यस्तो हुनु, अचेत सभ्यताको माझबाट, म फेरि आउँछु, रोकिँन मन छ नजाऊ भनिदिने कोही छैन, झरी पर्दा, बिरामी, र मौन बस्न देऊ! शीर्षकका कविता वाचन गर्नुभयो, जसले दर्शक–श्रोताको मन छोएको थियो।
कार्यक्रममा अन्य साहित्यिक तथा सङ्गीतिक प्रस्तुति पनि समावेश थिए। विवेक विवश रेग्मीले ‘यस्तै रहिरहोस् यो साँझ’ कविता वाचन गर्नुभयो भने जे.बी. थुलुङले बाँसुरी वादनमार्फत कार्यक्रमलाई सङ्गीतिक रङ दिनुभयो। गितारमा श्याम सुनुवारको साथले वातावरण अझ भावपूर्ण बनेको थियो।
मुख्य अतिथि मनु मञ्जिलले कवि नदीशलाई बधाई दिँदै भन्नुभयो, “पृथ्वीमा भएका सुन्दर कुराहरूको लहरमा कवितारूपी सुन्दरता थप्दै लैजानुभएकोमा कवि नदीश को प्रशंसा गर्नुभयो ।” उहाँले नदीशका कविताहरूले मौन, प्रेम र अस्तित्वबीचको सूक्ष्म सम्बन्धलाई सशक्त ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नुभयो।
कार्यक्रमको अन्त्यमा कवि नदीशले प्रस्तुत गर्नुभएको पंक्ति —
News Desk 0 response सोमवार, माघ ५, २०८२
‘हराएका हुँदैनन् मौन बस्नेहरू हुन्छन् अस्तित्वको लडाइँमा हुन्छन् प्रकृतिको समीप प्रेमको सबैभन्दा…’
ले सम्पूर्ण सभाहललाई भावुक बनाउँदै दीर्घ तालीका साथ कार्यक्रम सम्पन्न भयो।
साहित्य, सङ्गीत र संवेदनाको संगम बनेको उक्त साँझले इटहरीको साहित्यिक परिवेशलाई थप समृद्ध बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





