-
इटहरी । विश्व आदर्श एकेडेमीको आयोजनामा पहिलो पटक सम्पन्न भिएसी भर्टेक्स–२०२६ ले सुनसरी र मोरङ जिल्लाका विद्यालयस्तरीय विद्यार्थीहरूलाई विज्ञान, सृजनशीलता र स्वस्थ प्रतिस्पर्धाको एक साझा मञ्च प्रदान गरेको छ । दुई दिनसम्म सञ्चालन भएको यस शैक्षिक कार्यक्रमले पाठ्यपुस्तकमै सीमित सिकाइलाई व्यवहारिक, प्रयोगात्मक र नवप्रवर्तनमुखी बनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सुनसरी र मोरङका १९ वटा विद्यालयबाट सहभागी भएका ती मध्ये ८ वटा विद्यालयका तीन–तीन जना विद्यार्थीहरु बीच विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो । पहिलो दिन विज्ञान प्रदर्शनी र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो भने दोस्रो दिन पोस्टर प्रदर्शनी, उच्च दक्षता, चित्रकला तथा सृजनशील प्रस्तुतिसम्बन्धी प्रतियोगिता सञ्चालन गरिएको थियो। हाजिरी जवाफ, शैक्षिक प्रदर्शनी, सृजनशील प्रस्तुति र बौद्धिक प्रतिस्पर्धा गरी चार प्रमुख विधामार्फत विद्यार्थीहरूले आफ्नो ज्ञान, तर्कशक्ति, प्रस्तुतीकरण क्षमता र नवप्रवर्तनशील सोच प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको विज्ञान चुनौती अन्तर्गत, अरिहन्त इग्लिस स्कुलले पहिलो, खनार सनसाइनले दोस्रो र एसओएस हर्मन गेमिनरले तेस्रो स्थान हासिल गरे ।
बौद्धिक प्रतिस्पर्धा तर्फ सीबी रेसिडेन्सियल सेकेन्डरी स्कूल पहिलो, पाथीभरा इङ्लिस बोर्डिङ स्कूल दोस्रो तथा सुनसरी क्रिस्टल तेस्रो स्थानमा रहे।
त्यस्तै प्रगतिका लागि पोस्टर विधामा फुजिसन सगरमाथाले पहिलो, अरिहन्तले दोस्रो र विश्वआदर्शले तेस्रो स्थान हात पारे ।
जनताको रोजाइ पुरस्कार विधाबाट पाथीभरा इन्ट्रो भिडियोलाई प्रदान गरिएको थियो । व्यक्तिगत विधातर्फ थिंकरमा अरिहन्तका प्रिन्स कार्की, सिल्भरमा लिटल फ्लावरका सिमांकन बराल र क्रिएटरमा फुजिसनका रिकेश श्रेष्ठ उत्कृष्ट घोषित भए ।
कार्यक्रमको समग्र नतिजा अन्तर्गत प्रथम हुन सफल अरिहन्त इङ्लिस बोर्डिङ स्कूल विराटनगर दोस्रो स्थानमा एसओएस हर्मन माइनर र सीबी रेसिडेन्सियल सेकेन्डरी स्कूल तेस्रो स्थानमा रहे । उत्कृष्ट हुने समूहलाई क्रमर्श २० हजार,१५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष लेखनाथ घिमिरेले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पु¥याउदै सहभागीहरु हुनु नै विद्यार्थीहरुको सफलता भएको बताए ।
उनले पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक सीप, सिर्जनशील सोच र आत्मविश्वासको विकास आजको आवश्यकता रहेको उल्लेख गरे ।
News Desk 0 response आइतवार, माघ ४, २०८२
विश्व आदर्श एकेडेमीका कार्यक्रम निर्देशक सुजन पुरीले भिएसी भर्टेक्स पहिलो संस्करण भए पनि यसलाई आगामी दिनमा विद्यालयस्तरबाट प्रदेश, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्य रहेको जानकारी दिए ।
भिएसी भर्टेक्स–२०२६ ले विद्यार्थीहरूमा ज्ञान, सृजनशीलता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्दै शैक्षिक क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको आयोजकको विश्वास छ ।
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३





