• काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आजदेखि औपचारिक रूपमा प्रहरी संगठनको नेतृत्व सम्हालेका छन ।
    प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण पूर्व आईजीपी चन्द्रकुवेर खापुङले हिजै देखि अवकाशमा गएपछि कार्कीले कमाण्ड सम्हालेका हुन ।
    कात्तिक २५ गतेको मन्त्रि परिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको थियो । नियुक्तिपछि उनी आज बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित औपचारिक समारोहका बीच पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हाल्ने कार्यक्रम छ । गृहमन्त्रालयमा दज्र्यानी चिन्ह लगाइए पछि उनले औपचारिक रूपमा कार्यभार ग्रहण गरेका थिए ।
    कार्कीले यसअघि मानव स्रोत साधन विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए। त्यसअघि, २४ भदौमा जेनजी आन्दोलनका समयमा उनले उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए, जब २३ भदौमा उपत्यका कमाण्ड एआईजी विहीन बनेको थियो ।
    नवनियुक्त आईजीपी कार्कीले संगठनको अनुशासन, दक्षता र सार्वजनिक सुरक्षामा सुधार ल्याउने प्राथमिकता तय गर्ने बताइएको छ ।

4565