• इटहरी । इटहरीमा लायन्स क्लब अफ इटहरी मनकामना, लायन्स क्लब अफ इटहरी न्यू भिजन तथा लियो क्लब अफ इटहरी मनकामनाको संयुक्त पदस्थापन तथा चार्टर प्रस्तुतिकरण समारोह सम्पन्न भएको छ ।
    इटहरी १० मा रहेको ट्रफ ब्याङक्युटमा भएको पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ इटहरी मनकामना २०२५,२६ का लागी सिनेट रिजालको अध्यक्षतामा २० सदस्य नयाँ कार्यसमिति शपथग्रहण सहित पदस्थापन गराएको हो ।
    सो अवसरमा प्रथम उपाध्यक्षमा दीपक पुरी, सचिवमा रोवनराज कार्की र कोषाध्यक्षमा रामबाबु थापा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए ।
    कार्यक्रममा लियो क्लब अफ इटहरी मनकामनाको अध्यक्षमा मनिषा बस्नेत र नयाँ रूपमा स्थापन भएको लायन्स क्लब अफ इटहरी न्यू भिजनका अध्यक्षमा सुरेश धमलाको नेतृत्वमा २३ सदस्यीय कार्यसमितिलाई सपथ ग्रहण सहित पदस्थापन गरिएको थियो ।

    लायन्स क्लब अफ इटहरी मनकामना २०२४÷२५ की अध्यक्ष भारती श्रेष्ठले नयाँ कार्यकालका अध्यक्ष सिनेट रिजाललाई पद हस्तान्तरण गर्दै निरन्तर सेवामूलक कार्यहरू अघि बढाउने शुभकामना व्यक्त गरिन् ।
    कार्यक्रमको अध्यक्षता भारती श्रेष्ठले गरेकी थिइन् भने लायन्स क्लब इन्टरनेशनल फाउण्डेसन ३२५ का जिल्ला गभर्नर बाबरजंग थापा प्रमुख अतिथि रहेका थिए ।

    उनले नयाँ पदाधिकारीहरूलाई शपथ ग्रहण गराउँदै जीवनमा सबै कार्य महत्त्वपूर्ण भए पनि सेवामूलक कार्यले मात्र जीवनको वास्तविक सार्थकता दिन्छ भन्ने कुरामा जोड दिए । साथै, उनले सदस्यता विस्तारमार्फत सेवा क्षेत्रलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।
    त्यसैगरी, नव–निर्वाचित अध्यक्ष सिनेट रिजालले क्लबको नेतृत्व सम्हाल्दै मानविय सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाए । उनले पदाधिकारीहरूको साथमा सामाजिक, शैक्षिक, स्वास्थ्य तथा समुदायमुखी कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउने लक्ष्य व्यक्त गरे ।

    रिजालले समाजसेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास पनि दोहो¥याए ।
    कार्यक्रममा लायन्स क्लब अफ इटहरी न्यू भिजनलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सेकेन्ड उप–जिल्ला गभर्नर रमेश खत्री, पूर्व जिल्ला गभर्नर विजय हरि शर्मा, लिला कुमार ढुंगेल, जिल्ला सचिव नेत्र चम्लागाई, सल्लाहकार परिषद सदस्य विश्वप्रसाद रिजाल, लायन्स क्लब इटहरी सुनसरीका अध्यक्ष तेजबहादुर पुरी, नागरिक समाज इटहरीकी पूर्व अध्यक्ष बालिका खड्का भट्टराई लगायत सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

4565