-
इटहरी । हालै प्रदर्शनमा आएको नेपाली चलचित्र परान ले दर्शकबाट पाएको उत्साहजनक प्रतिक्रिया पछि चलचित्र टिमले सञ्चारकर्मीहरूसँग विशेष साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।
निर्देशक दीपक आचार्य (काकु), कलाकार बबिन राई र लोकदोहोरी गायिका गंगा गौतम आचार्यको उपस्थितिमा इटहरीको संगीत चोकस्थित फुडशालामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
साक्षात्कार कार्यक्रममा निर्देशक दीपक आचार्यले परान आफ्नो पहिलो निर्देशन भएको बताउँदै चलचित्रमा आजको समाजमा भइरहेका यथार्थ घटनाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको जानकारी दिए ।

उनले चलचित्रले मनोरञ्जन मात्र नभई सामाजिक सन्देश समेत दिन खोजेको बताए ।
समाजमा अहिले परिवारका सदस्यहरू विदेश जाने, घरजग्गा बेचेर सहर पस्ने, र गाउँको पहिचान हराउँदै जाने अवस्थालाई चलचित्रमा देखाइएको छ, ।
उनका अनुसार चलचित्रको ८० प्रतिशत दृश्य धनकुटाको रमणीय भू–भागहरूमा छायाँकन गरिएको छ भने बाँकी दृश्य काठमाडौंमा छायाँकन गरिएको हो ।
उनले धनकुटाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई पर्दामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य रहेको पनि बताए । चलचित्रले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास निर्देशक आचार्यले व्यक्त गरे ।
कलाकार बबिन राईले चलचित्रमा आफूले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै दर्शकले दिएको माया र समर्थन प्रति आभार प्रकट गरे ।
त्यस्तै, लोकदोहोरी गायिका गंगा गौतम आचार्यले चलचित्रमा समावेशे कथालाई अझ भावनात्मक बनाएको उल्लेख गर्दै दर्शकलाई चलचित्र हेर्न आग्रह गरिन् ।
चलचित्र परानको टिमले हालै धरान, इटहरी, विराटनगर र झापाका विभिन्न हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको प्रतिक्रिया पनि लिएको थियो ।
दर्शकहरूले चलचित्रको कथा, अभिनय, छायांकन र सन्देश प्रति अत्यन्त भावनात्मक र सकारात्मक प्रतिक्रिया जनाएका थिए ।
News Desk 0 response बुधबार, कार्तिक १९, २०८२
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३