-
इटहरी । लामो समय देखि इटहरीमा संगीतको कक्षा सञ्चालन गर्दै आएको निषाद संगीत पाठशालाले तिहार विशेष सांगीतिक तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
वरिष्ठ गायक रामा मण्डल लगायतको प्रस्तुति रहेको तिहार विशेष सांगीतिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
निषाद संगीत पाठशालाकी अध्यक्ष सुनिता कटुवालको अध्यक्षता तथा साहित्यकार मनु मञ्जीलको प्रमुख आतिथ्यमा भएको सांगीतिक कार्यक्रम निषाद संगीत पाठशालाका विद्यार्थीहरुले प्रत्यक्ष संगीत सहितको गायन प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा शास्त्रीय संगीतका प्रशिक्षक कुशेश्वर प्रसाद राई, हालै एक्जिटो इभेन्ट्स अष्ट्रेलियाले प्रदान गरेको इन्टरनेशसनल एक्सिलेन्स अवार्ड प्राप्त मोरगंको बेलवारी नगरपालिका वडा नम्बर ४मा रहेको डेल्टा इंग्लिस स्कुल प्रिन्सिपल पर्वत राई र हिमालय इंग्लिस स्कुल सुन्दरहरैंचाका प्रिन्सिपल कमल खनाललाई सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुति, नृत्य र वाद्यवादनमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
यो कार्यक्रमले विद्यार्थीहरूमा रहेको सिर्जनात्मक क्षमता उजागर गर्न र उनीहरूलाई मञ्चमा प्रस्तुत हुन प्रोत्साहित गर्दै कला, संस्कृति प्रति अझ नजिक्याउने र उनीहरूको सिपलाई निखार्ने अवसर प्रदान गरेको निषाद संगीत पाठशालाकी अध्यक्ष सुनिता कटुवालले बताइन ।
कार्यक्रममा गायक रामा मण्डल, कुशेश्वर प्रसाद राई , रेमन पुवन मगर , प्रवलदिप विश्रास , सुनिता कटुवाल लगायतले गीत संगीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा अल्टीट्युट कलव इटहरीका अध्यक्ष पिताम्बर तिम्सिना , मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल , पुर्वेली क्लवका अध्यक्ष झलक वन,निसाहाय बालबालिका सेवा आश्रमकी अध्यक्ष गिता गौतम लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response आइतवार, कार्तिक २, २०८२
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३