• इटहरी । साहित्यिक गतिविधि वढाउने उद्धेश्यले सुनसरीको इटहरीमा साप्ताहिक रुपमा सञ्चालन हुदै आएको क्याफेमा कविताको आठौ श्रृखंलामा आठै जना नयाँ पुस्ताका कविहरुको कविता बाचन कार्यक्रम सम्पन्न गरेको छ ।
    नेपाल विटको आयोजनामा इटहरीमा रहेको माइतीघर क्याफेमा हरेक शनिवार फरक फरक कविहरुका कविता वाचन कार्यक्रम राखिदै आएकोमा ८ औं श्रृखंलामा युवा कविहरुलाई समावेश गराइ विबिता बाचन कार्यक्रम गरिएको हो ।
    इटहरीलाई साहित्यको हव बनाउने उदेश्यले नेपाल विटका सस्थापक राम प्रसाद खरेलले इटहरीका विभिन्न साहित्यकारहरुको अध्यक्षतामा संचालन गर्दै आएको क्याफेमा कविता ८ औं श्रृखंलामा युवा कविहरु अभिषेक खतिवडा,जिवन निरौला,प्रतिक्षा गिरी,पुष्पा बोगटी,दिरेन भट्ट ,सौगात थापा ,सुयोग दाहाल,ट्रिकल घले लगायतले समय सापेक्षा नविनतम कबिताहरु प्रस्तुत गरेका थिए ।

    ८ औं श्रृखंलाका अध्यक्षता साहित्यकार श्रीप्रसाद पोखरेलले गरेका थिए भने सुषमा गोदावरी कलेजका प्राचार्य बोधराज नेपालको प्रमुख आतिथ्यका भएको थियो ।
    सोही कार्यक्रममा कवि छवि बैरागी र सुविद गुरागाँई लगायतले पनी कबिता प्रस्तुत गरेका थिए ।
    कर्यक्रममा कवि किरण टि लिम्बु,लोक दोहोरी गायिका गंगा गौतम आचार्य,दिपा दिपहरी लगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रम आयोजक संस्थाका अध्यक्ष राम प्रसाद खरेलले क्याफेमा कविताको ९औं श्रृखंलामा छन्द कवितालाई समावेश गरिने र १०आंै श्रृखंला प्रदेश स्तरिय वनाइने जानकारी दिए ।

4565