-
इटहरी । नेपाली हिन्दुहरूको महान चाड विजया दशमीको अवसर पारेर नेपाल राष्ट्रिय सेवा निवृत्त कर्मचारी संघ इटहरीले सोमबार एक विशेष कार्यक्रम आयोजना गरेको छ । शुभकामना आदान–प्रदानसँगै सन्तानहरूबीचको प्रतियोगितात्मक कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।
संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा तथा प्रख्यात साहित्यकार प्रा.डा.बद्री विशाल पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय सेवा निवृत्त कर्मचारी साहित्यप्रेमी, शिक्षक–विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

इटहरीको सेक्रेट हार्ट बोर्डिङ स्कुलको सभा हलमा आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न उमेरका विद्यार्थीहरूले कविता वाचन गरेका थिए । प्रतिस्पर्धात्मक माहोलबीच सिमिनाक्षी दाहाल प्रथम, सुहान्सी नेपाल द्वितीय, प्रतिष्ठा पोखरेल तृतीय तथा युविन मगर सान्त्वना हुने विद्यार्थी बनेका छन् ।

विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम हुनेले २ हजार रुपैयाँसहित प्रमाणपत्र, द्वितीयले १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र, तृतीयले १ हजार रुपैयाँसहित प्रमाणपत्र र सान्त्वना हुनेले ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।
सोही अवसरमा नेपाल राष्ट्रिय सेवा निवृत्त कर्मचारी संघ इटहरीका आजीवन सदस्यहरूलाई समेत विशेष सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितात्मक कविता वाचन कार्यक्रमको निर्णायकमा पुण्यप्रसाद चौलागाई संयोजक, गंगा गौतम र टेकबहादुर मोक्तान सदस्य रहेका थिए । निर्णायकहरूको निष्पक्ष मूल्याङ्कनका आधारमा उत्कृष्ट सहभागीहरूलाई सम्मान गरिएको बताइएको छ ।

कार्यक्रमका अध्यक्ष नेपाल, प्रमुख अतिथि प्रा.डा. पोखरेल सहित सचिव राजु गौतम र सेक्रेट हार्ट बोर्डिङ स्कुलका प्रिन्सिपल डिककुमार तामाङ लगायतले पनि कविता वाचन गरेर कार्यक्रमलाई थप रोचक र जीवन्त बनाएका थिए ।

त्यस्तै कार्यक्रममा चर्चित लोकदोहरी गायिका गंगा गौतमले आफ्ना दुई वटा गीत प्रस्तुत गरेर उपस्थित दर्शक–श्रोताहरूलाई मन्त्रमुग्ध बनाएकी थिइन्। उनको प्रस्तुतीले साहित्यिक माहोलमा सांगीतिक र सांस्कृतिक रौनक थपिएको थियो ।
साहित्य र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विजया दशमीको महत्व, परिवारमा एकता र पुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउनु पर्ने सन्देश समेत प्रवाहित गरिएको थियो ।
News Desk 0 response मङ्लबार, अशोज ७, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२