-
इटहरी । पिसजोन आवसिय माध्यमिक विद्यालय इटहरीले एक औपचारिक कार्यक्रमको आयोजना गरि कक्षा ११का विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६मा रहेको पिस जोन कलेज अफ मेनेजमेन्टले पिस जोन सिङ्गिङ आइडल २०८२ को फाइनल समेतको आयोजना गरि नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीको सहभागिता रहेको र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको पिस जोन सिङ्गिङ आइडल २०८२ को फाइन राउण्डमा पुगेकाहरुबाट प्रतिस्पर्धा गराएर दुवै समुहबाट तीन जनालाई विजेता हुने जनाइयो ।
जसमा कक्षा १ देखि ५ सम्मबाट एक जना पिसजोन आइडल २०८२ वन्ने छन त्यसै गरी फस्ट रनरअफ एक जना र सेकेन्ड रनरअफ एक जना हुने छन । कक्षा ६ देखि १० सम्म पनि एक जना पिसजोन आइडल २०८२ वन्ने छन त्यसै गरी फस्ट रनरअफ एक जना र सेकेन्ड रनरअफ एक जना हुने छन । कार्यक्रमका प्रमुख आतिथी पोखरेलले विद्यार्थीलाई शैक्षिक गतिविधिसँगै अतिरिक्त सिर्जनात्मक कार्यक्रममा संलग्न गराउन सक्नु विद्यालयको विशेषता भएको बताए ।

उनले नयाँ पुस्तालाई पढाइसँगै कला, संस्कृति र प्रतिभा अभिव्यक्त गर्न पिसजोनले यस किसिमका कार्यक्रम गरेर विद्यार्थीलाई सबल र सक्षम बनाउन महत्वपूर्ण कार्य गरेको पनी अध्यक्ष पोखरेलले उल्लेख गरे ।
पिसजोन आवसिय माध्यमिक विद्यालयका प्राचार्य केशव भट्टराईले नयाँ विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीको समग्र विकासमा जोड दिन शैक्षिक ज्ञानसँगै कला, संस्कृति र सिर्जनात्मक गतिविधिमा संलग्न गराउदै विद्यार्थीको व्यक्तित्व विकास सहयोग पुग्ने बताए ।
पिसजोन आइडल २०८२को निर्णायकमा मिस्टर नेपाल २०२४का मिस्ट ट्यालेन्टेड पिन्टु सन्याल र अनुप्रश विष्ट रहेका छन । कार्यक्रममा नितेशजंग कुवँर सहित पिसजोन ब्याण्डका सिनियर र जुनियर तर्फका कलाकारले प्रस्तुति दिएका थिए । कार्यक्रममा सञ्चालकद्धय सन्तवहादुर डुम्जन , अनन्त विष्ट लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response शनिबार, भदौ २१, २०८२
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३
-
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३





